काठमाण्डौ । दैनिक उपभोगका लागि चाहिने चामल, दाल, तेल, नून लगायतका अति आवश्यक खाद्यवस्तुको हाल कायम मूल्यमा १० प्रतिशत छुट दिएर बिक्रीवितरण गर्नुपर्ने भएको छ । 

सरकारले आइतबार घोषणा गरेको राहात प्याकेजमा कोरोना संक्रमणका कारण समस्यामा परेका नागरिकहरुको सहुलियतका लागि यस्तो व्यवस्था गरिएको हो । 

अर्थमन्त्री डा. युवराज खतिवडाले खाद्य व्यवस्था व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट उपलब्ध हुने खाद्य सामाग्रीमा हाल कायम मूल्यमा १० प्रतिशत छुट दिनुपर्ने बताएका हुन् ।