काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफातर्फ ७०.६६ प्रतिशतको छलाङ मारेको छ। 

कम्पनीले जारी गरेको चौथो त्रैमासिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा कम्पनीले रु १० करोड ९४ लाख खुद नाफा गरेको हो । जुन अघिल्लो आर्थिक वर्षमा रु. ६ करोड ४१ लाख थियो । 

गत आर्थिक वर्षमा कम्पनीले खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा रु. ८ करोड ४८ लाखले बढाएर रु. ३१ करोड २० लाख पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी रु. २२ करोड ७२ लाख थियो । यसले कम्पनी व्यवसाय विस्तारमा आक्रमक छ भन्ने बुझिन्छ । 

समीक्षा अवधिमा कम्पनीले रु ६ अर्ब ५५ करोड निक्षेप संकलन गरी रु. ६ अर्ब ८ करोड ऋण प्रवाह गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले रु. ५ अर्ब ९९ करोड निक्षेप संकलन गरी रु. ५ अर्ब ३१ करोड ऋण प्रवाह गरेको थियो । 

कम्पनीले आफ्नो जगेडा कोषको आकारलाई रु. २२ करोड ४३ लाखबाट बढाएर रु ४८ करोड २१ लाखको उचाइ चुमाएको छ । 

अघिल्लो आर्थिक वर्षमा ०.६८ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर समीक्षा अवधिमा ०.६५ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी रु. १०.८३ रहेको छ भने प्रतिसेयर नेट वर्थ रु. १४७.७२ तथा पीई अनुपात १७.७२ गुणा रहेको छ ।