काठमाण्डौ । नेपाल हाल १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन्। ती सबै कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।

अधिकांश जीवन बीमा कम्पनी व्यवसाय आक्रामक ढंगले बढाएको देखिन्छ। जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफले सर्वाधिक खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले ३१ अर्ब ९६ करोड रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १६.९३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

खुद नाफा आर्जनमा नेपाल लाइफ नै अगाडि देखिएको छ। यो कम्पनीले गत आर्थिक वर्षमा ५३ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १.०५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ५३ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बीमा शुल्क आर्जनमा एलआईसी नेपाल दोस्रो स्थानमा रहेको छ। यो कम्पनीले १७ अर्ब ४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १४ अर्ब ८३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। 

समीक्षा अवधिमा यो कम्पनीले १९ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५९.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

नेसनल लाइफ १२ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जनका साथ तेस्रो स्थानमा छ। यो कम्पनीको खुद बीमा शुल्क अघिल्लो वर्षको तुलनामा ३२.९५ प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीले ९ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो। 

यो कम्पनीको नाफा २.५५ बढाउँदै ४० करोड १२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीले ३९ करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो।  

समीक्षा अवधिमा नेसनल लाइफको ईपीएस ११.८३ रुपैयाँ रहेको छ । जब कि नेपाल लाइफ र एआईसी नेपालको ईपीएस क्रमशः ७.४४ रुपैयाँ र ८.६४ रुपैयाँ रहेको छ। 

रिजर्भको हिसाबले नेपाल लाइफ अगाडि छ। यो कम्पनीको रिजर्भमा १ अर्ब १ करोड रुपैयाँ रहेको छ। 

यसैगरी नेसनल लाइफको रिजर्भमा ८८ करोड २४ लाख रुपैयाँ र एलआईसी नेपालको रिजर्भमा ६४ करोड ८७ लाख रुपैयाँ रहेको छ।

नेपाल लाइफको चुक्तापुँजी ७ अर्ब १९ करोड रुपैयाँ बढी रहेको छ। नेसनल लाइफको ३ अर्ब ३९ करोड रुपैयाँ चुक्तापुँजी रहेकोमा एलआईसी नेपालको २ अर्ब २१ करोड रुपैयाँ रहेको छ। 

समीक्षा अवधिमा सूचीकृतसहित १९ वटै जीवन बीमा कम्पनीहरुले खुद बीमा शुल्क १ खर्ब १८ अर्ब रुपैयाँ आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा २९.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क ९१ अर्ब ७० करोड रुपैयाँ रहेको थियो। 

यसैगरी आर्थिक वर्ष २०७७/७८ मा बीमा कम्पनीहरुको खुद नाफा ३ अर्ब ८० करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ११.९६ प्रतिशत बढी हो। अघिल्लो वर्ष बीमा कम्पनीहरु ३ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेका थिए।

यस्तो जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क र नाफा आर्जनको अवस्था –