काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधि बैंकले ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंक ३ करोड ७९ लाख रुपैयाँले घाटामा थियो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४ करोड ९३ लाख रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा ४ करोड ४३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ३ करोड ३७ लाख रुपैयाँले सञ्चालन घाटा भएको थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८२.४५ प्रतिशतले बढेर १६ करोड ४८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ९ करोड ३ लाख रुपैयाँ रहेको थियो।
बैंकको रिजर्भको आकार ६.२६ प्रतिशतले घटेर १७ करोड ४९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा १८ करोड ६५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकले ४ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.९२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ३.४० प्रतिशत थियो।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ८.८१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ७.५४ रुपैयाँले ऋणात्मक थियो।
पीई रेसियो ४४.५० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२०.४३ रुपैयाँ रहेको छ।
28 minutes ago
48 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago