काठमाण्डौ । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो कम्पनीले २९ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । यो भनेको गत वर्षको यही अवधिको तुलनामा ३९.५५ प्रतिशतले बढी हो । गत वर्ष यो कम्पनीले २० करोड ८५ लाख खूद नाफा आर्जन गरेको थियो । 

सोमबार कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ९८ करोड ५० लाख खूद बिमा शुल्क आर्जन भएको छ । अघिल्लो वर्ष ७४ करोड ६८ लाख खूद बिमा शुल्क आर्जन भएको थियो । 

पुनर्बिमा कमिसनबाट कम्पनीले १५ करोड ३३ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १३ करोड ३२ लाखमा सीमित थियो । 

लगानी, कर्जा तथा अन्यबाट ९ करोड ६३ लाख आर्जन भएको छ । अघिल्लो वर्ष यो शीर्षकमा ५ करोड ५५ लाख आर्जन भएको थियो । 

समीक्षा अवधिमा कम्पनीको जगेडाकोष बढेर ३३ करोड ७९ लाखको उचाईमा पुगेको छ भने बिमा कोष ४२ करोड ९८ लाखको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष यही अवधिसम्म जगेडाकोष २० करोड ६९ लाख थियो भने बिमा कोष २८ करोड ४३ लाखमा सीमित थियो । 

महाविपत्ति जगेडामा ३ करोड ९१ लाख जम्मा भएको छ । अघिल्लो वर्षसम्म २ करोड ४५ लाख थियो । 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) २४.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.५५ गुणा कायम भएको छ ।