काठमाण्डौ । कोभिड संक्रमण बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि सरकारले माघ ७ गतेबाट सर्वाजनिक स्थलमा प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ।
खोप कार्डको अनिवार्यसँगै कार्ड हराएका गुनासोहरु आउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्डको प्रतिलिपि उपलब्ध गराइने जानकारी गराएको छ। मन्त्रालयका अनुसार हराएको खोप कार्ड तीन तरिकाबाट लिन सकिन्छ।
पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिनेछ।
दोस्रो जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयले जनाएको छ।
यसैगरी पहिलो मात्रामात्र खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयले व्यवस्था गरेको छ।
मन्त्रालयले बुस्टर डोज लगाउन पनि पहिले लगाएको खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको छ।
27 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago