काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ११ करोड ७ लाख ४५ हजार रुपैयाँको कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १ करोड ६६ लाख ११ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर र ०.७९ प्रतिशतले हुन आउने ८ लाख ७४ हजार ३०२.६३ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी चौथो वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।