काठमाण्डौ । गणपूरक संख्या नपुगेपछि महालक्ष्मी विकास बैंक लिमिटेडको पुस २५ गते डाकिएको २० औँ वार्षिक साधारणसभा स्थगित गरिएको छ।
स्थगित वार्षिक साधारणसभा बैंक सञ्चालक समितिले पुनः आउँदो माघ ३ गते डाकेको छ। सभा काठमाण्डौको दरबारमार्गस्थित अन्नपूर्ण आर्केड २ स्थिति बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशतका दरले बोनस सेयर वितरणको विशेष प्रस्ताव पेस हुनेछ। यो प्रस्ताव पारित भएपछि बैंकको चुक्तापूँजी बढेर ४ अर्ब रुपैयाँ माथि पुग्नेछ।
यस्तै वार्षिक साधारणसभामा बोनस सेयरको कर प्रयोजनका लागि १.०५२६ प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव पनि पेस हुनेछ।
सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ साल असार मसान्तको बासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलगायतका वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणसहितका अनुसूचिहरु पारित गर्ने प्रस्तावहरु पनि राखिएका छन्।
साधारणसभामा सञ्चालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्तालगायतका अन्य सुविधा वृद्धि गर्ने प्रस्तावसमेत पेस हुने बताइएको छ।
बैंकले अन्य बेलाजस्तो अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धमा कुनै पनि प्रस्ताव राखेको छै। बैंकले यसअघि नै कसैसँग मर्जरमा नजाने, बरु आफैँ बलियो बन्दै अगाडि बढ्ने घोषणा गरिसकेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले गत पुस १३ गते बुक क्लोज गरेको थियो। यसको अर्थ गत पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
22 minutes ago
33 minutes ago
42 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago