काठमाडौँ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट गण्डकी विकास बैंकले शेयरधनीलाई १९ दशमलव ३१ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले आगामी जेठ २५ गतेका लागि साधारण सभा आह्वान गरेको छ । चुक्ता पूँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ७ सय ५० को १९ दशमलव १३ प्रतिशत अर्थात् ४४ करोड ५० लाख ९२ हजार २ सय ५० रुपैयाँ बराबरका बोनस शेयर वितरण गर्न लागेको हो ।


बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड पुग्नेछ । ख वर्गको विकास बैंकले अनिवार्य रुपमा २ अर्ब ५० करोड चुक्ता पूँजी पु¥याउनुपर्ने राष्ट्रबैंकको निर्देशन छ ।


साविकको फेवा विकास बैंक गाभीई बनेको गण्डकी विकास बैंकले उक्त बैंकलाई प्राप्ती गरेको मिति २०७४ साल असार २० गतेसम्म कायम शेयर धनीका लागि कुनै पनि प्रकृतिको कर नलाग्ने तर सो भन्दा पछि कायम भएका शेयरधनीका लागि भने नियमअनुसार कर लाग्ने समेत बैंकले सूचनामा उल्लेख गरेको छ । 


साधारण सभा प्रयोजनका लागि बैंकले जेठ ८ देखि २५ सम्म शेयरधनी दर्ता पुस्तिका बन्द  गर्ने भएको छ । यसअनुसार जेठ ७ सम्म कायम शेयर धनीलेमात्र शेयर प्राप्त गर्नेछन् ।