काठमाण्डौ । गण्डकी विकास बैंकको खूद नाफा घटेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड २२ लाख नाफा कमाएकोमा त्यो घटेर चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३९ लाखमा सीमित बन्न पुुगेको हो । 

बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १५ करोड ४७ लाख रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर समीक्षा अवधिमा २० करोड माथि पुुगेको हो । 

यो अवधिमा बैंकले १९ अर्ब ३४ करोड निक्षेप संकलन गरी १६ अर्ब ५५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १२ अर्ब १२ करोड निक्षेप संकलन गरी १० अर्ब ५८ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो आबको यही अवधिमा १.५९ प्रतिशतमा रहेको खराब कर्जा घटेर १.४ प्रतिशतमा सीमित भएको छ । रिजर्ब कोषमा ७९ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो आबको पहिलो त्रैमाससम्म ५५ करोड २२ लाख रहेको रिजर्ब बढेर ९८ करोड ८३ लाखको उचाईमा पुुगेको छ। २५.०२ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पहिरो गएर ११.७० रुपैयाँ कायम भएको छ । 

समीक्षा अवधिमा यो बैंकको प्रतिसेयर नेटवर्थ १५३.६३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.६१ गुुणा कायम भएको छ ।