काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ।

संस्थाको गत शुक्रबार (कात्तिक २१ गते) बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरणका लागि प्रस्ताव गरिएको संस्थाले जनाएको छ। 

बैठकले २०७७ असार ३१ गतेको वासलात र २०७६ साउन १ गतेदेखि २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु अनुमोदनका लागि आगामी  वार्षिक साधारणसभामा पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ।