– रेखा चन्द

काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुसँग छलफलका गर्ने भएका छन्। 

गभर्नर अधिकारीले भोलि बिहीबार दिउँसो १ बजे होटेल याक एन्ड यतीमा ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन’का विषयमा छलफल गर्ने भएका हुन्। 

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनका बारेमा छलफल गर्नका लागि बोलाइएको एक संगठनका सदस्यले बताए। उक्त मार्गदर्शनको व्यवस्था लागू गर्न राष्ट्र बैंकले गत वर्ष रायसुझाव माग गरेकोमा सरोकारवालाहरुले विभिन्न सुझाव दिएका थिए। यद्यपि देशको उद्योग–व्यवसायमा कोरानाभाइरसले ठूलो असर गरेपछि उक्त व्यवस्थालाई लागू गरिएको थिएन।

राष्ट्र बैंकले चालु पुँजी कर्जाको सीमा कुल कारोबारको २० प्रतिशत हुने प्रस्ताव अघि सारेकोमा उद्योग–व्यवसाय नै सञ्चालन गर्न नसकिने सुझाव सरोकारवालाले दिएका थिए। 

यस्तै नेपाल बैंकर्स संघले ८० प्रतिशतसम्म ऋण दिनुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएको थियो। 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, समुन्द्रपार व्यापार संघ, नेपाल बैंकर्स संघ, विकास बैंक संघ र फाइनान्स संघले केही बुँदामा आपत्ति जनाउँदै पुनरावलोकन गर्न सुुझाव दिएका थिए।