– रेखा चन्द
काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योगी–व्यवसायीबीच छलफल सुरु भएको छ।
आज दिउँसो साढे २ बजेबाट काठमाण्डौस्थित होटेल याक एन्ड यतीमा गभर्नर अधिकारी र उद्योगी–व्यवसायीबीच छलफल सुरु भएको हो। ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन’का विषयमा छलफल हुने एक उद्योगीले जानकारी दिए।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, समुद्रपार व्यापार संघ, नेपाल बैंकर्स संघ, विकास बैंक संघ र फाइनान्स संघका अध्यक्ष सहभागी छन्। छलफलमा राष्ट्र बैंकका डेपुटी गभर्नहरु बमबहादुर मिश्र र निलम ढुंगानासहित कार्यकारी निर्देशकहरु र पूर्वबैंकहरु पनि सहभागी छन्।
छलफलमा सञ्चारकर्मीलाई भने प्रवेश दिइएको छैन।
मार्गदर्शनको व्यवस्था लागू गर्न राष्ट्र बैंकले गत वर्ष रायसुझाव माग गरेकोमा सरोकारवालाहरुले विभिन्न सुझाव दिएका थिए। यद्यपि देशको उद्योग–व्यवसायमा कोरानाभाइरसले ठूलो असर गरेपछि उक्त व्यवस्थालाई लागू गरिएको थिएन।
राष्ट्र बैंकले चालु पुँजी कर्जाको सीमा कुल कारोबारको २० प्रतिशत हुने प्रस्ताव अघि सारेकोमा उद्योग–व्यवसाय नै सञ्चालन गर्न नसकिने सुझाव सरोकारवालाले दिएका थिए।
यस्तै नेपाल बैंकर्स संघले ८० प्रतिशतसम्म ऋण दिनुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएको थियो।
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago