– रेखा चन्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा भित्रभित्रै तरलता सुध्रिरहेको बताएका छन्।
काठमाण्डौमा सोमबार आयोजित नेपाल बैंकर्स संघ (एनबीए) को ३६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको सूचकांकहरुले पनि तरलता सुध्रिएको देखाएको बताएका हुन्। ‘अहिले अन्तरबैंकिङ दर ७.०७ प्रतिशत छ, जुन आर्थिक वर्षको सुरुमा ८.५ प्रतिशत थियो’, उनले भने, ‘यसले पनि तरलतामा सुधार हुँदै गएको देखाउँछ।’
नेपालको मात्रै नभएर अहिले संसारको आर्थिक अवस्था गाह्रो रहेको गभर्नर अधिकारीले बताए। ‘मुद्रास्फीतिले संसारलाई गाँजेको छ’, उनले भने, ‘त्यसैले हामीले पनि यसलाई फेस गर्नुपर्छ।’
अब आन्तरिक उत्पादनमा जान जरुरी रहेको पनि गभर्नर अधिकारीले बताए। ‘आयातलाई प्रतिस्थापन गर्न आन्तरिक उत्पादनमा जोड दिनै पर्छ’, उनले भने।
2 minutes ago
28 minutes ago
30 minutes ago
41 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago