काठमाण्डौ। गरिमा विकास बैंक र सहारा विकास बैंकको एकीकृत कारोबार आज कात्तिक २८ गतेबाट सुरु भएको छ।
काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नंं. २ लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमामा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ९ मा केन्द्रीय कार्यालय रहेको साविक सहारा विकास बैंक प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडका नामबाट एकीकृत कारोबार सुरु भएको हो। प्राप्तिपश्चात गरिमा विकास बैंकको जारी तथा चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ पुगेको छ। प्राप्तिपश्चात बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टरसहित १११ वटा शाखा कार्यालय हुनेछ।
प्राप्तिप्रश्चात बैंकले सेयरधनी, सेवाग्राही, कर्मचारीलगायतका सम्पूर्ण सरोकारवालाको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिएको छ।
आज सर्लाही जिल्ला मलंगवामा आयोजित एकीकृत कारोबार शुभारम्भ समारोह प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुदमन्त्री माननीय वीरेन्द्रप्रसाद सिंहबाट उद्घाटन भएको हो।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले उपस्थित सम्पूर्णमा स्वागत गरेका थिए भने सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।
साविक सहारा विकास बैंकका अध्यक्ष सुगन्धकुमार गुप्ताले सम्पूर्ण सेयरधनी, कर्मचारी तथा सरोकारवालालगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा धन्यवाद दिए।
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago