काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १६.९३ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ६९ करोड ७९ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ६४ करोड ५६ लाख रुपैयाँमा सीमित बनेको छ।
बैंकको वितरणयोग्य मुनाफा १८ करोड ७५ लाख रुपैयाँ रहेको छ।
तेस्रो त्रैमाससम्म बैंकले ९३ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १६.९६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।
यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २८.२८ प्रतिशतले बढेर २ अर्ब ३८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८५ करोड रुपैयाँमा सीमित थियो।
बैंकले ७३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६८ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी ५ अर्ब १८ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने ३५.०१ प्रतिशतले बढेर १ अर्ब ८० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ३३ करोड रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर २.९५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.०२ प्रतिशतमा सीमित थियो।
खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ७१ करोड ७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १६ करोड २९ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्म बैंकको ईपीएस घटेर १६.७५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २२.८४ रुपैयाँ थियो। पीई रेसियो २१.७९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३८.४७ रुपैयाँ रहेको छ।
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago