Garima Bikas Bank Limited
काठमाण्डौ । गरिमा विकास बैंकको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ करोड ६८ लाख रुपैयाँ रहेको खूद नाफा घटेर समीक्षा अवधिमा ३ करोड ४२ लाखमा सीमित बन्न पुुगेको छ ।
बैंकको खूद ब्याज आम्दानी बढे पनि ब्याज खर्च अचाक्ली बढ्दा नाफामा गिरावट आएको हो ।
अघिल्लो वर्ष १३ करोड ३३ लाख रहेको खूद ब्याज आम्दानी बढेर १८ करोड ५१ लाख पुुगेको छ । तर, अघिल्लो वर्षको यही अवधिमा १३ करोड ३१ लख रुपैयाँ रहेको ब्याज खर्च बढेर ३० करोड ४८ लाख पुुगेको छ।
समीक्षा अवधिमा गरिमा विकास बैंकले १५ अर्ब ३९ करोड निक्षेप संकलन गरी १४ अर्ब ११ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १२ अर्ब १ करोड निक्षेप संकलन गरी १० अर्ब ८२ करोड कर्जा परिचालन गरेको थियो ।
अघिल्लो वर्षको यही अवधिमा ५० करोड ६६ लाख रहेको रिजर्ब कोष बढेर ६७ करोड २४ लाख पुुगेको छ ।
समीक्षा अवधिमा बैंकमा खराब कर्जाको थुप्रो लागेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ०.६६ प्रतिशत रहेको खराब कर्जा बढेर १.०२ प्रतिशत पुुगेको छ ।
पूँजी बढे अनुसार नाफा कमाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानी घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.४८ गुणा कायम भएको छ ।
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago