काठमाण्डौ । गरिमा विकास बैंकले  धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । 
उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाकानगर प्रमुख भीमप्रसाद ढुंगानाले गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले  प्रचूर सम्भावना बोकेको धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पूँजी उपलब्ध गराई त्यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खोल्ने विश्वास रहेको बताए । उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना निलकण्ठ नगरपालिकाका वडा नं.–३ का वडाध्यक्ष  होमनाथ रिजाल, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्डे,, नायब महाप्रबन्धक  माधव प्रसाद उपाध्यायलगायतले मन्तव्य राखेका थिए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९०शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।