काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज  सोमबार बन्दीपुर गाउँपालिका वडानं.–१, डुम्रेमा स्थापित डुम्रे शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । 

उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरे । 

कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक  संजीव ढकालले त्यस क्षेत्रका ग्राहकहरुको बैंकिङ्ग आवश्यकता पूरा गर्ने तथा उद्यमशीलताको विकासमा सहयोग गर्ने विश्वास रहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  गोविन्द प्रसाद ढकालले विकास बैंकले सदैव ग्राहकहरुको चाहना र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाह गर्न विकास बैंक सदैव प्रतिवद्ध रहेको र ग्राहकहरुले विकास बैंकप्रति देखाइएको विश्वासले थप उर्जा प्राप्त भएको बताए । 

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।