काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज आइतबार उपत्यका भित्र काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. ३२ स्थित पेप्सीकोला शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
 
यस संगै विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १७ वटा शाखा सहित सम्पूर्ण प्रदेशमा गरी देशभर सम्पूर्ण १०५ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।