काठमाण्डौ । गरिमा विकास बैंकले अघि सारेको “सुनौलो भविष्य बाल निक्षेप योजना” बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि अत्यन्त प्रभावकारी देखिएको छ।

यस योजनाअन्तर्गत न्यूनतम रु ५०० मा खाता खोलेर निक्षेप योजना भरी मुद्दतिको ब्याज पाउनुका साथै समय–समयमा थप बचत थप्दै जान पनि सकिनेछ। यस योजनामा भर्खर जन्मेका शिशुदेखि अधिकतम १५ वर्षसम्मका बालबालिकाको खाता खोल्न सकिनेछ। 

‘आजको बचत भोलिको आधार’ नारा रहेको यस बचत योजनामा हरेक महिना बचतको केही भाग आफ्नो बच्चाको सुनौलो भविष्यका लागि जम्मा गर्न सकिनेछ। बालबालिकाहरुले भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट तथा अन्य लक्ष्य लिँदा सोहीवमोजिमको अध्ययनका लागि आवश्यक पर्ने खर्चहरुलाई मध्यनजर राखेर आजैबाट योजनाबद्घ तवरले बचत गर्न आफ्ना अभिभावकलाई प्रेरित गर्न सक्नेछन् भने वचत गर्ने बानीको समेत विकास हुनेछ।

प्रत्येक ३ महिनामा खातामा ब्याज पाउने र त्यो ब्याजले पनि ब्याज कमाइरहने भएकोले यो योजना अत्यन्तै लाभदायक रहेको बैंकले जनाएको छ। खातावालाले आफू नागरिकता लिएर सम्बन्धित बैंक शाखामा उपस्थित भएपश्चात यो खाता स्वतः बन्द भई साधारण खातामा परिवर्तन हुनेछ।

आवश्यक परेको खण्डमा बचतको ८०% सम्म कर्जा सुविधा लिन पनि सकिने र यस योजनामा समय पुगेपछि आफैँ निःशुल्क खाता बन्द हुने बैंकले जनाएको छ। यो योजना गरिमाको सबै शाखा कार्यालयबाट उपलब्ध हुनेछ।

यदि महिनाको रु १० हजार जम्मा गर्ने ग्राहकले योजनाअन्तर्गत १८ वर्षका लागि खाता खोलेर औषत ९% ब्याज पाउने हुँदा योजना अवधिपश्चात् एकमुष्ठ करिब रु ५० लाख पाउन सकिने बैंकले जनाएको छ।