काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित गरिमा विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको गत पुस २९ गते बसेको बैठकले यही माघ ३० गते शुक्रबार वार्षिक साधारणसभा डाकेको हो। सभा पोखराको होटेल पोखरा ग्रान्डमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १४.२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको १३.५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.७१ प्रतिशतले हुने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर र प्राप्ति प्रयोजनका लागि प्रक्रिया अगाडि बढाउन गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनु्मोदन गर्नेछ।
सभा र लाभांश प्रयोजनका लागि बैंकले यही माघ १२ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ११ गतेसम्म कायम सेयरधनीहरुमा यो बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
45 minutes ago
52 minutes ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago