काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म २०.९० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ३२ करोड ५५ लाख रुपैयाँ रहेको थियो। 

बैंकको वितरण योग्य मुनाफा २५ करोड २३ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ५६ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४६ करोड ५० रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी बढेर ८४ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ८० करोड ६२ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा बैंकले ५३ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ४२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

दोस्रो त्रैमासमा बैंकको रिजर्भको आकार ३०.८२ प्रतिशतले बढेर ८३ करोड ३९ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ६३ करोड ७५ लाख रुपैयाँ रहेको थियो।

बैंकले खराब कर्जाको दर ०.३९ प्रतिशतबाट बढेर ०.९४ प्रतिशत पुगेको छ। बैंकको आधार दर ८.३८ प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २४.३१ रुपैयाँ, पीई रेसियो १३.६५ गुणा र प्रतिसेयर नेटवर्थ १४८.०७ रुपैयाँ रहेको छ।