काठमाण्डौ ।  गरिमा विकास बैंक लिमिटेडको मिति २०७७ माघ ३० गते शुक्रबार सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न १४ औं बार्षिक साधारणसभाबाट संस्थापक शेयरधनी समूहतर्फ संचालकहरु  श्यामप्रसाद बस्याल, डा. आनन्दप्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूहतर्फबाट बिमल पाण्डे, सञ्जिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । 

साथै साधारणसभा सम्पन्न भएपश्चात बसेको विकास बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । 

३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्तापूँजी रहेको यस विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरणपश्चात् चुक्तापूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।