काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ७८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १५.६९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ६७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको ९ महिनासम्म बैंकको वितरणयोग्य मुनाफा ५० करोड ६० लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १५.६२ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ भएको छ। गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा ९६ करोड ६८ लाख रुपैयाँ भएको थियो।
बैंकको खुद ब्याज आम्दानी भने ३७.२३ प्रतिशतले बढेर १ अर्ब ८५ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ भएको थियो।
समीक्षा अवधिसम्म बैंकको रिटेन अर्निङ १०.५६ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिमा रिटेन अर्निङमा ६२ करोड ४२ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ५५ करोड ८३ लाख रुपैयाँमा सीमित बनेको छ।
समीक्षा अवधिमा बैंकले ६६ अर्ब ८६ करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ५९ अर्ब ८२ करोड बढी कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ६३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ६८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) ०.५८ प्रतिशतबाट बढेर १.०२ प्रतिशत पुगेको छ। कस्ट अफ फन्ड ८.६३ प्रतिशत रहेको बैंकको सीडी रेसियो ८८.०८ प्रतिशत र आधार दर १०.८९ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ। गत वर्ष यही अवधिसम्म २४.६० रुपैयाँ रहेको ईपीएस घटेर २२.८४ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ रु. १४०.२७ र पीई अनुपात १७.९५ गुणा कायम भएको छ।
2 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago
13 hours ago
13 hours ago