काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले राष्ट्र बैंकको गलत नीतिले पुँजीबजार भेन्टिलेटरमा पुगेको बताएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा सन्धनमा आज आयोजित सुझाव संकलन तथा छलफल कार्यक्रममा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ल्याएको ४–१२ को नीति र जोखिम भारित औसतले पुँजीबजार भेन्टिलेटरमा पुगेको छ’, ढकालले भने, ‘यस विषयमा धितोपत्र बोर्डले सरकार र राष्ट्र बैंकसँग समन्वय गर्नुपर्छ। यस्ता गलत नीति खारेज गर्नुपर्छ।’
ढकालले पुँजीबजार सुधार र विस्तारका लागि ३ वटा लगानीकर्ता संघसंगठन पहिले उठाएको १८ बुँदे मागलाई सेबोनले नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने सुझाव पनि दिए।
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago