काठमाण्डौ । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले पनि अब गलत जानकारी दिने म्यासेजमाथि रोक लगाउन प्रयास थालेको छ। यसका लागि फेसबुकले म्यासेन्जर च्याटमा केही बदलाव गरेको छ।

अब ह्वाट्सएपजस्तै म्यासेन्जरमा पनि फरवार्ड हुने म्यासेजको सीमा तोकिएको छ। अर्थात अब एकपटकमा फरवार्ड गरिएको म्यासेजलाई ५ जना प्रयोगकर्ता वा गुप्रमा पठाउन सकिनेछ।

फेसबुकका अनुसार यो कदम उठाउनुका पछाडिको मुख्य कारण भनेको फरवार्ड म्यासेजका गलत खबरहरुमाथि रोक लगाउनु नै हो। त्यसैले यसको अधिकतम सीमा तोकिएको हो। यसबाट गलत सूचना प्रदान गर्ने म्यासेजलाई तीव्र रुपमा फैलनबाट रोक्न सकिने कम्पनीको विश्वास छ।

यस्तोमा अब तपाइँले पनि कुनै पनि म्यासेजलाई एकपटकमा सीमित प्रयोगकर्तामाझ सेयर गर्न सक्नुहुनेछ।

फेसबुकले यो नयाँ फिचरको परीक्षण गत मार्च महिनादेखि नै गरेको थियो। अब कम्पनीले यसलाई रोल आउट गर्न सुरु गरेको छ।

अहिलेलाई यो फिचर केही सीमित देशमा मात्रै लागू गरिएको छ। तर, यसलाई २४ डिसेम्बरबाट विश्वव्यापी रुपमा रोल आउट गरिने कम्पनीले जनाएको छ। – एजेन्सी