काठमाण्डौ । नेपाल स्टक एक्सेचेन्ज (नेप्से) ले धितोपत्र दोस्रो बजारमा रोक्का गरेको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार सोमबारबाट फुकुवा गरेको छ। 

नेप्सेले एक सूचना जारी गर्दे सिभिल लघुवित्तको सेयर कारोबार फुकुवा गरेको जानकारी गराएको हो। यसअघि कारोबार समयमा बजार प्रभावित पार्ने गरी सिभिल लघुवित्तले लाभांश प्रस्तावसम्बन्धी सूचना पठाएको भन्दै नेप्सले यो लघुवित्तको सेयर कारोबार गत पुस २८ गतेबाट रोक्का गर्दै स्पष्टीकरण माग गरेको थियो।

नेप्सेले पठाएको स्पष्टीकरणसम्बन्धी पत्रका जबाफ पठाउँदै सिभिल लघुवित्तले कम्पनी सचेत रहँदारहँदै पनि संस्थाको इन्टरनेटमा खराबी भई प्राविधि कारणले पत्र समयमै अपलोड हुन नसकेको नेप्सेलाई जानकारी गराएको छ। 

अबदेखि समयमै जानकारी पठाउने प्रतिबद्धता व्यक्त गरेकै कारण सिभिल लघुवित्तको धितोपत्र कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।