काठमाण्डौ । गहुँपछि भारतले चिनी निर्यातमा पनि प्रतिबन्ध लगाएको छ। 

यो प्रतिबन्ध आउँदो जुन १ देखि लागू हुने भारत सरकारले जनाएको छ। चिनी निर्यातमा प्रतिबन्धको उद्देश्य आन्तरिक बजारमा चिनीको उपलब्धता बढाउनु र यसको मूल्य बढ्न नदिनु हो। तर, सीएक्सएल र टीआक्यूअन्तर्गत युरोपियन युनियन र अमेरिकामा निर्यात हुने चिनीमा यो प्रतिबन्ध लागू हुने छैन। यी क्षेत्रमा सीएक्सएल र टीक्यूआरअन्तर्गत निश्चित मात्रामा चिनी निर्यात गरिन्छ।

भारत सरकारले १०० लाख मेट्रिकटन (लाख मेट्रिकटन)सम्म चिनी निर्यात गर्न दिने निर्णय गरेको छ।

भारत ब्राजिलपछि विश्वमा चिनीको दोस्रो ठूलो उत्पादक र निर्यातकर्ता हो। –एजेन्सी