काठमाण्डौ । नेपालमा महिन्द्रा गाडीको एक मात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपले हालै ''मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान'' नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप गाडी प्रदान गरेको छ । 

मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाले विभिन्न पीडित, घाइते एवं छाडा छोडिएका जनावरहरुको उद्धार गर्दै आएको छ । 

गाडी हस्तान्तरण कार्यक्रम यही चैत २१ गते होटल याक एण्ड यतिमा सम्पन्न गरिएको थियो । अग्नि इन्कर्पोरेटेड प्रा.लिका कार्यकारी प्रमुख सुजन वैद्यले महिन्द्रा बोलेरो गाडीको साँचो प्रदान गर्नुभएको थियो । 

नेपालमा वार्षिक करिब ८००० जनावर विशेष गरी साँढे एवम् बाच्छाहरु सडक तथा राजमार्गहरुमा त्यसै छोडिने गरिन्छ । करिब २५००० कुकुर एवम् बिरालो सडकमा छाडा रुपमा काठमाडौंका सडकहरुमा भेटिन्छन् । यस्ता जनावरहरु खाना, पानी तथा उपयुक्त वासस्थानको कमीले गर्दा दुःख पाइरहेको अवस्थालाई मध्यनजर गरी महिन्द्राले त्यस्ता जनावरहरुको जीवन उद्धारको लागि कार्यरत संस्था मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानलाई गाडी प्रदान गरेको हो । 

विगतका वर्षहरुमा सो संस्थाले जनावरहरुलाई मोटर साइकलको पछाडिको सिटमा राखी उद्धार गर्दै आएको थियो । अब उपरान्त जनावरहको उद्धारमा एवंं महिन्द्राको गाडीको प्रयोग गरी त्यस्ता जनावरहरुलाई सहज एवं शीघ्र रुपमा उद्धार गर्ने विश्वास अग्नि गु्रपले लिएको छ ।