काठमाण्डौ । गुगलले एन्ड्रोइड स्मार्टफोनबाट एउटा फिचर हटाएको छ। 

सन् २०१८ मा ल्याइएको गुगल स्न्यापसट फिचर हटाइएको हो। नाइन टु फाइभ गुगलका अनुसार गुगलले अन्ततः यो फिचर हटाएको छ। 

एन्ड्रोइड स्मार्टफोनमा दिइएको यो फिचर निकै कामको थियो। तर, धेरै कम मानिसलाई यसका बारेमा थाहा थियो ।

यो सुविधा प्रयोगकर्ताको गुगल असिस्टेन्ट स्क्रिनमा इनबक्सजस्तो देखिन्थ्यो। यसमा क्लिक गरेर प्रयोगकर्ताले सजिलैसँग आफ्नो करेन्ट इन्फोर्मेसन प्राप्त गर्न सक्थे। उदाहरणका लागि प्रयोगकर्ताले एक क्लिकमा स्क्रोल गर्न मिल्ने इन्टरफेसका साथ अपोइन्टमेन्ट, वेदर फोरकास्ट, ट्राफिक र रिमाइन्डरजस्ता विवरण प्राप्त गर्न प्रयोग गर्न सक्थे। 

सन् २०२२ को सुरुआतमै गुगलले आफ्नो एपमा रहेको एक सूचनामा स्न्यापसट फिचर चाँडै ‘हटाइने’ जानकारी गराएको छ। तर, त्यसबेला गुगलले यसका लागि कुनै फ्रेम डेट दिएको थिएन। –एजेन्सी