काठमाण्डौ । गुगलको ई–मेल सेवा ‘जीमेल’ ले आफ्ना ग्राहकलाई एउटा नयाँ सुविधा प्रदान गर्ने तयारी गरिरहेको छ ।

अब जीमेल प्रयोगकर्ताले एक साथ थुप्रै ई–मेल अट्याच गरेर पठाउन सकिने नयाँ सुविधा गुगलले प्रदान गर्न लागेको हो । अहिले यो सुविधा जी सुट प्रयोगकर्तालाई दिइएको छ । आगामी महिना अन्य सबै प्रयोगकर्ताले यो सुविधा पाउने आशा गरिएको छ ।

गुगलले आफ्नो ब्लगमा अलग–अलग ई–मेल अलग–अलग पठाउनुभन्दा सबैलाई एकैपटक अट्याच गरेर पठाउन सकिने सुविधा प्रयोगकर्ता दिन लागिएको जानकारी गराएको हो । एउटा संरक्षित ई–मेल सन्देश लेखेर त्यसमा अन्य थुप्रै सम्बन्धित ई–मेललाई अट्याच गरेर पठाउन सकिने गुगलले जनाएको छ । यो सुविधाअन्तर्गत एउटा प्रयोगकर्ताले पठाएको यस्ता ई–मेल पाउने प्रयोगकर्ताले सबै खोलेर हेर्न सक्नेछ ।

यो नयाँ सुविधा सञ्चालनमा आएपछि तीन डाटा मेनुमा फवार्ड याज अट्याचमेन्टको अप्सन देखिनेछ । यसमा क्लिक गरेर ई–मल अट्यामेन्टका रुपमा पठाउन सकिन्छ ।

एउटा ओपन ड्राफ्ट विन्डोमा यी अलग–अलग ई–मेललाई ड्रयाग एन्ड ड्रप गरेर एकै ठाउँमा ल्याउन सकिनेछ । त्यसपछि आफूले पठाउन चाहेको व्यक्तिको ई–मेल आईडीमा पठाउन सकिनेछ ।

यसैगरी ई–मेल खोलेर रिप्लाई बटनमा क्लिक गरेर माथि दाहिनेतिर देखिने पप आउट आइकनमा क्लिक गर्दै ती सबै ई–मेल सेलेक्ट गर्दै ड्रयाग गर्दै एकै ठाउँमा अट्याच गरेर रिप्लाई पनि गर्न सकिनेछ । – एजेन्सी