काठमाण्डौ । फर्जी तस्बिर र भिडियोमा रोक लगाउनका लागि सर्च इन्जिन गुगलले विशेष पहल सुरु गरेको छ।

फर्जी तस्बिर र भिडियोको पहिचानका लागि गुगलले टुल सुरु गरेको हो। त्यहाँ यस्ता तस्बिर र भिडियो पहिचानका लागि एउटा नयाँ फ्याक्ट चेक मार्कर पनि जडान गरिएको छ। जुन गुगलको सर्च रिजल्टमा तस्बिरका साथ देखिनेछ। 

यो टुल फर्जी तस्बिरको पहिचान गरेर त्यसलाई लेबलिङ गर्छ। यो लेबल तस्बिर र भिडियोको वेबपेजको तल देखिनेछ। फ्याक्ट चेकमा तस्बिरको स्रोतका विषयमा अन्य सबै जानकारी पनि पाइनेछ।

तस्बिर र भिडियाको खास स्रोत

गुगलका प्रडक्ट म्यानेजर ह्यारिस कोहेनका अनुसार विश्वभर जानकारीको अहम स्रोत तस्बिर र भिडियो मानिन्छ। यस्तोमा थुप्रैपटक गलत भिडियो र तस्बिरका कारण मानिसले नोक्सानी व्यहोर्नुपर्छ। गुगलका अनुसार सर्च रिजल्टको फ्याक्ट जाँच प्रत्येक दिन ११ मिलियनभन्दा बढीपटक हुने गरेको छ।

प्रयोगमा ल्याउन के गर्ने ?

गुगलमा तस्बिर सर्च गर्दा तस्बिरको तुल एउटा फ्याक्ट चेक लेबल देखिनेछ। जुन तस्बिरको तल थम्बनेलका रुपमा देखिनेछ। अर्थात् जब तपाइँ तस्बिरलाई लार्ज फम्र्याटमा देख्नुहुन्छ तब वेबपेजको तल एउटा फ्याक्ट चेक लेबल देख्नुहुन्छ। – एजेन्सी