काठमाण्डौ । विश्वकै सबैभन्दा राम्रो कम्पनी गुुगल र फेसबुकमा काम गर्ने सपना विश्वका लाखौं मानिसले देखिरहेका हुन्छन् । यी कम्पनीहरुमा काम गर्नेले विश्वका अन्य कम्पनी भन्दा राम्रो कमाई मात्र गर्दैनन्, यहाँको काम गर्ने माहौल समेत निकै फरक र गज्जबको हुन्छ । 

हो, विश्वकै यी दुुई उत्कृष्ट कम्पनीमा अहिले जागिर खुलेको छ । यदि तपाईसँग उनीहरुले खोजेजस्तो योग्यता छ भने जागिरका लागि आवेदन दिन सक्नुुहुन्छ । तपाईको क्षमता पुष्टि भयो भने विश्वकै उत्कृष्ट कम्पनीमा काम गर्ने अवसर तपाईको पोल्टामा समेत पर्नसक्छ । 

गुुगलमा यस्तो अवसर
गुुगलले अहिले विभिन्न देशमा रहेका आफ्ना अफिसमा काम गर्ने हिसाबले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । नेपालबाट समेत ती पदहरुमा दरखास्त दिन सकिन्छ । यस्तै, गुुगलले भारतको हैदरावादस्थित अफिसका लागि समेत केही पदहरुमा दरखास्त आह्वान गरेको छ । गुुगलले अहिले पार्टनर टेक्नोलोजी म्यानेजर, कस्टमर सक्सेस एक्सलेरेशन मेनेजर, डबल क्लिक सर्च म्यानेजर, भेण्डर अपरेशन प्रोग्राम म्यानेजर, मेसेजिंग एण्ड भ्वाइस डिपार्टमेन्टका लागि अपरेशन्स इञ्जिनियर जस्ता पदहरुमा दरखास्त आह्वान गरेको छ । 

यहाँ चर्चा गरिए बाहेक गुुगलमा अन्य कयौ पदहरुमा समेत जागिर खुलेको मिडिया रिपोर्टमा उल्लेख छ । ती पदहरुमा समेत तपाईले दरखास्त दिन सक्नुुहुन्छ । जागिर खुलाइएका पोस्टहरुको पूरा विवरण, वर्क प्रोफाइल तथा अन्य जानकारीका लागि तपाई गुुगल करियर्समा जानसक्नुुहुन्छ । तपाई https://careers.google.com/jobs मा गएर जब प्रोफाइल पढेर अनलाइन अप्लाई गर्न सक्नुुहुन्छ । 

यहाँ गुुगलले दिन्छ इन्टरभ्यूू टिप्स
गुुगलको अन्तर्वार्ता सेसन निकै यूनिक हुन्छ । यदि यो बिषयमा तपाईलाई कुनै जानकारी छैन भने गुुगलले नै तपाईलाई यो आइडियाको बारेमा बताइदिन्छ । यसमा तपाईलाई गुुगलले कसरी आवेदन दिने भन्ने तरिका बताइदिन्छ । यसका साथै अन्तर्वार्ताका लागि तयारी गर्नका लागि कयौं टिप्स समेत कम्पनीले नै उपलब्ध गराउँछ । यसका साथै गुुगलले कसरी कर्मचारी हायर गर्छ भन्ने कुरा पनि जान्न सकिन्छ । यी सबै विवरणका लागि तपाईले https://careers.google.com/how-we-hire/ मा क्लिक गर्न सक्नुुहुन्छ । 

फेसबुकमा यस्तो जागिरको अवसर
तपाईका लागि फेसबुकमा काम गर्ने अवसर समेत खुलेको छ । फेसबुुकले हाल भारतको बैंगलुरु, गुरुग्राम, मुम्बई तथा हैदराबादमा समेत ठूलो संख्यामा जागिर खुलाएको छ । यहाँ खुलाइएको सबै जागिर कन्ट्याक्ट बेस्ड हो । तर, यो खालको जागिरमा समेत कम्पनीले अन्य रेगुलर कामदारले पाउने सबै सुविधा उपलब्ध गराउँछ । 

फेसबुकले मार्केटिङ एशोसिएट, बीआई इञ्जिनियर, क्रिएटिभ एक्टीभिस्ट, स्टेरटेजिक पार्टनर डेभलपमेन्ट लगायतका पदमा जागिर खुलाएको छ । 

भारतीय मिडियाहरुले जनाए अनुसार यी पदमा नेपालबाट समेत आवेदन दिन सकिन्छ । त्यसका लागि http://prounlimited.com/proqrg/fb/ मा क्लिक गर्न सक्नुुहुन्छ । यो लिंकमा तपाईले जागिरको बिषयसँग सम्बन्धित जानकारी मात्र पाउनुुहुन्न, अनलाइनबाटै आवेदन दिने अवसर समेत पाउनुहुनेछ । यो साइटमा गएर फेसबुकले खुलाएको सबै खालको जागिरहरुको बिषयमा जानकारी पाउनुु हुनेछ ।