काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ।

कम्पनीले हकप्रद निष्कासनका लागि भोलि बिहीबार (फागुन २२ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (फागुन २१ गते) सम्म कायम सेयरधनीहरुमात्र कम्पनीको हकप्रद खरिदका लागि योग्य हुनेछन्। 

कम्पनीको नवौँ वार्षिक साधारणसभाले १ः१ अनुपातमा प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद निष्कासन गर्ने निर्णय पारित गरेको थियो। 

हाल कम्पनीको चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको थियो। हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८७ करोड ७० लाख २० हजार रुपैयाँ पुग्नेछ।