काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सतप्रतिशत हकप्रद सेयरमा खरिद आवेदन दिने आज आइतबार अन्तिम मौका रहेको छ।

कम्पनीले गत असार १४ गतेदेखि चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १ः१ अनुपात (अर्थात् १ सेयरबराबर १) हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद बिक्री खुला गरेको छ।

सेयरधनीहरुले आज बैंकिङ समयभित्र आवेदन दिनइसक्नुपर्नेछ। 

हकप्रद निष्कासनका लागि कम्पनीले गत फागुन २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको अर्थत फागुन २१ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीको हकप्रद खरिदका लागि योग्य हुनेछन्।

यसअघि कम्पनीले गत चैत २० गतेदेखि हकप्रद निष्काशन गर्ने भनेको थियो। तर चैत ११ गतेदेखि नै लकडाउन गरिएका कारण इन्स्योरेन्सले निष्काशन प्रक्रिया स्थगित गरेको थियो।

हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

हाल कम्पनीको चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको थियो। हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८७ करोड ७० लाख २० हजार रुपैयाँ पुग्नेछ।