काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य बिहीबार समायोजन गरेको छ।

नेप्सेले गुराँस लाइफको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५७६.७२ रुपैयाँ कायम गरेको छ। अब धितोपत्र दोस्रो बजारमा समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबार खुल्नेछ। मूल्य समायोजनअघि यो कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६०७ रुपैयाँ कायम भएको थियो।

गुराँस लाइफले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ५.२५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करबापतको रकम नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लभांश कम्पनीले यही मंसिर ४ गते डोकेको दसौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज (कात्तिक २० गते) देखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो (कात्तिक २१ गते) सम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र साधारणसभा भाग लिन योग्य हुनेछन्।