काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ करोड २६ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीको बिहीबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बीमा शुलक आर्जन गत वर्षको यही अवधिको तुलनामा ११४.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा बीमा शुल्क आर्जन ४४ करोड ८५ लाखमा सीमित थियो। 

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय २० करोड ३६ लाख गरेको छ।  अघिल्लो वर्ष यसतो आय १५ करोड ११ लाखमा सीमित थियो। 

यसैगरी अघिल्लो वर्षको यही अवधिसम्म बीमालेखको धितोमा कर्जाबाट हुने आय १ करोड २ लाख रहेकोमा बढेर १ करोड ९० लाख पुगेको छ भने अन्य प्रत्यक्ष आय १ करोडबाट बढेर ४७ लाख रुपैयाँ पुगेको छ। 

यो अवधिमा कम्पनीले १४ करोड २९ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ९०.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी ७ करोड ५० लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीले व्यवस्थापनतर्फ १० करोड ६ लाख बढी खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो खर्च साढे ६ करोड १० लाख रुपैयाँभन्दा बढी थियो। 

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढएर ८ अर्ब ५० करोड पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको आकार ६ अर्ब २३ करोडमा सीमित थियो। 

अघिल्लो वर्षको यही अवधिसम्म ३० करोड ९८ लाखमा सीमित जगेडा तथा कोषको आकार बढेर ५६ करोड ६२ लाखको उचाइमा पुगेको छ। 

यसैगरी महाविपत्ति जगेडाको आकार ३ करोड ९१ लाखबाट बढेर ४ करोड ९६ लाख रुपैयाँ पुगेको छ। 

समीक्षा अवधिमा यो कम्पनीको खुद नाफा ४ करोड २७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा ३ करोड १९ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिका लागि यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९.११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ  १३२.८२ रुपैयाँ र पीई अनुपात ६६.६० गुणा कायम भएको छ।