काठमाण्डौ । नेपाली कांग्रेसले गुल्मीको रेसुंङ्गा नगरपालिकाको मेयर र उपमेयर नै जितेको छ । 

मेयरमा खिलध्वज पन्थी ८ हजार ६१४ मतसहित र उपमेयरमा अमृतादेवी कुँवर ८ हजार ६१९ मतसहित विजयी भएका हुन् । 

मेयरमा निर्वाचित पन्थी कांग्रेस गुल्मीमा सभापति पनि हुन् । 

मेयरमा उम्मेद्वारी दिएका नेकपा एमालेका राजेन्द्र पाण्डेले ७ हजार ३२० मत ल्याए भने उपमेयरमा एमालेकै रिता पाण्डेयले ७ हजार २३१ मत ल्याइन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा यहाँ मेयर र उपमेयर नै एमालेले जितेको थियो । तर, यसपटक कांग्रेसले दुवै पदमा शानदार जित निकालेको हो ।