काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले आज शुक्रबार गोंगबु शाखा प्रांगणमा एक समारोह आयोजना गरी गोंगबु क्षेत्रका नेपाली होटेल व्यवसायी संघसँग आबद्ध ५० होटेल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ गौतम, गोंगबु शाखा प्रबन्धक मीनबहादुर चौँलागाईं, नेपाली होटेल व्यवसायी संघका महासचिव गणेश ढकाल साथै होटेल व्यवसायी सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा क्यूआर कोड प्रदान गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत गौतमले श्रमिक गेस्ट हाउसमा क्यूआर कोडमार्फत भुक्तानी गरी यो सेवाको सुरुआत गरेका थिए। 

क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटेल व्यवसायी संघअन्तर्गतमा रहेका होटेल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी होटेल सञ्चालकलाई सीधै खातामा भुक्तानी गर्न सक्नेछन्। बैंकले हाललाई ५० होटेल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ र आगामी दिनहरुमा होटेल सङ्ख्या थप गर्ने कार्यलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ। 

नगदरहित कारोबार प्रवद्र्घन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममार्फत साना तथा मझौला उद्यमीहरु डिजिटल बैंकिङतर्फ प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ।