काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बानेश्वरस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले संस्थाको प्रबन्धपत्र र नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक अखितयारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १२ गते १२ गतेदेखि जेठ २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा बस्न योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्षका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago