काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार सस्थाले यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १८.५१ प्रतिशतले कम हो । गत वर्ष संस्थाले ५ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिका संस्थाको सञ्चालन मुनाफा २ करोड ९३ लाख रुपैयाँमा सीमित भएको थियो । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड ५९ लाख रुपैयाँ थियो ।

पहिलो त्रैमासमा संस्थाले खुद ब्याज आम्दानी ८ करोड १८ लाख रुपैयाँ गरेको छ । गत वर्ष संस्थाले १ करोड ८३ लाख रुपैयाँ गरेको थियो । यसले संस्थाका व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

संस्थाले यो वर्षको पहिलो त्रैमासमा ६ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ६ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाको रिजर्भको आकारका भने समीक्षा अवधिमा ८.७९ प्रतिशतले बढेको छ। गत वर्ष ५८ करोड २२ लाख रुपैयाँ रहेको रिजर्भमा पहिलो त्रैमासमा बढेर ६३ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी ९.४१ रुपैयाँ रहेको छ । पीई रेसियो भने ११.५८ प्रतिशत रहेको छ ।