काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

कम्पनीको आज सार्वजनिक वित्तीय विवरणअनुसार यो खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १७८.२० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थियो।

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा १७७.४० प्रतिशतले बढेर २४ करोड ३३ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा ८ करोड ७७ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी २०.५४ प्रतिशतले घटेर १३ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो आम्दानी १७ करोड २८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले ७ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

कम्पनीको रिजर्भको आकार २९.९८ प्रतिशतले बढेर ७६ करोड ३ लाख रुपैयाँको उचाइमा पुगेको । गत वर्ष रिजर्भको आकार ५८ करोड ५० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३९.२५ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस १४.११ रुपैयाँ रहेको थियो। पीई रेसियो ७.०८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.६० रुपैयाँ पुगेको छ।