काठमाण्डौ । पूर्व सहमतिअनुसार बित्त कम्पनीहरुले व्यक्तिगत मुद्दतिको ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्याउने गरी नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । यो क्रममा गोर्खाज फाइनान्सले मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ । 

यो बित्त कम्पनीले कात्तिक १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार एक वर्षे अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १०.५० प्रतिशत पुगेको छ । यसमा शाखा प्रबन्धकले ०.५ प्रतिशत थप गर्नसक्ने भएकोले यो कम्पनीमा एक वर्षे अवधिको व्यक्तिगत मुद्दति निक्षेप राख्नेले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछ । 

यसअघि बित्त कम्पनीहरुबीच ८.५ प्रतिशतभन्दा बढी ब्याजदर नबढाउने सहमति भएको थियो । असोज १ गतेदेखि कायम यस्तै सहमतिका कारण अधिकांश बित्त कम्पनीले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.५ प्रतिशतमै सीमित गरेका थिए । तर, ब्याजदर वृद्धिमा उनीहरुभन्दा विकास बैंक र वाणिज्य बैंक आक्रामक भएपछि बित्त कम्पनीहरुलाई भएकै निक्षेप जोगाउन हम्मे हम्मे परेको थियो । बित्त कम्पनीहरुबाट निक्षेप धमाधम विथड्रल भएको थियो । यही समस्या फेरि पनि नहोस् भनेर बित्त कम्पनीका सीइओहरुबीच २ दिनअघि नै व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म पुर्याउने सहमति भएको थियो । यो विषयमा बिजशालाले समेत समाचार प्रकाशित गरेको थियो । 

मुद्धति निक्षेपको ब्याजदर २ प्रतिशत बढाएको गोर्खाज फाइनान्सले बचत खाताको अधिकतम ब्याजदर ६.५ प्रतिशत कायम गरेको छ । 

यो कम्पनीको आधार दर ९.१६ प्रतिशत रहेकोले त्यसमा ५ प्रतिशतसम्म प्रिमियम लिइने भन्दै नयाँ सेयर धितो कर्जाको ब्याजदर समेत सार्वजनिक भएको छ । यसको अर्थ गोर्खाज फाइनान्सबाट सेयर लोन लिनेले अधिकतम १४.१६ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने भएको छ । 

यसअघिको समाचार: