काठमाण्डौ । भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई नोटिस गरी गोर्खाको भाइरल क्याम्पियनलाई उनीहरुक सो अनलाइन प्ल्याटफर्म(फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट )मा विशिष्ट स्थान दिएको छ ।
 
गोर्खाको नयाँ क्याम्पियनको सिरिजमा गोर्खा बियरले सैनिकको त्यस्तो व्यक्तित्व र चरित्र झल्किने चिजहरुलाई दर्शाएको छ, जसले उनीहरुलाई वास्तविक गोर्खा सैनिक बनाएको छ र यो क्याम्पियनले नेपालीहरुमा हुने तिनै वीर गोर्खाली सैनिकहरुको भावलाई देखाउन खोजेको छ । आफ्नो सोसल मिडियाको प्ल्याटफर्ममा निरन्तर रुपमा अर्थपूर्ण मार्केटिङ कन्टेन्ट र आइडियाहरु पस्किने कारणले गर्दा म्याड ओभर मार्केटिङ (एम.ओ.एम)लाई विश्वभरि नै मानिसहरुले फलो गर्छन् र रुचाउँछन् । उत्कृष्ट कार्यहरुलाई सम्मान गर्न एम.ओ.एम परिचित छ । एम.ओ.एमलाई अनलाइन मार्केटिङ क्रीटिक साइटहरुको ओस्कर पनि भन्ने गरिन्छ । 
 
गोर्खा बियरको यो अनलाइन क्याम्पियनलाई नेपालको लक्षित युवा जमातले निकै नै रुचाएको छ र यसले प्रमुख अनलाइन मार्केटिङ साइट एम.ओ.एमको पनि उत्कृष्ट मूल्याङ्कन पाएको छ । गोर्खा बियरको अनलाइन क्याम्पियनको प्रशंसा गर्दै म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले भनेको छ, “यो क्याम्पियन साच्चै नै अद्वितीय छ! Loyalty, courteousness, respect जस्ता शब्दहरुलाई गोर्खालीको विशेषताहरुसँग आवद्ध गरेर देखाइएको छ । गोर्खाको भावलाई हामी सलाम गर्छौं ।”
 
म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले अगाडि भनेकोछ, “गोर्खा बियरले यो भावलाई समावेश गरेर धारभन्दा निकै नै फरक क्याम्पियनको सिर्जना गरेको छ । एउटा टिपिकल अल्कोहल ब्राण्डसँग आवद्ध हुने उत्तेजित र लापरवाहीको भावबाट टाढा रहेर गोर्खा बियरले एउटा अद्वितीय क्याम्पियन बनाएको छ, जसमा ब्राण्डको भ्यालुलाई राम्ररी उजागर गरिएको छ ।”
 
Disrespect, disloyalty, discourteous जस्ता शब्दहरु भनेको गोर्खा सैनिकहरुलाई परिभाषित गर्ने भन्दा विपरीत शब्दहरु हुन् र तिनै शब्दहरुलाई निकै साधारण एनिमेशनद्वारा ब्राण्ड (बोटलको छाँया)ले उपसर्ग हटाएर हामीलाई एउटा असली गोर्खा सैनिकमा respect, loyalty र courteousness  हुन्छ भन्ने कुरा याद गराउँछ ।

एम.ओ.एम.को अनलाइन प्ल्याटफर्ममा गोर्खा बियरलाई दिइएको स्थान तलका लिंकहरु क्लिक गरेर समेत हेर्न सकिनेछ: