काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनको अन्तिम दिन शनिवार नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान हुन लागेको हो । 

जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका ब्यवसायी किशोर कुमार प्रधान र एसोसियटस्बाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच बरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुदै छ । सुरुवातबाटै निकै प्रतिस्पर्धा हुने देखिएको बरिष्ठ उपाध्यक्ष पदमा मतदान हुनु भन्दा १२ घण्टा अगाडि नै ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफूले पाउने मतको आंकलन दुवै पक्षले गरिसकेका छन् । नयाँ बानेश्वरको एभरेष्ट होटेलमा १३ गतेबाट अध्यक्ष बन्ने भावी अध्यक्ष सेखर गोल्छा र बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानसहितका पूर्व अध्यक्षहरु र  जिल्लानगरका अध्यक्षहरुको बैठकले प्रदेश १ बाट ८० प्रतिशत मत, प्रदेश २ बाट शतप्रतिशत, बागमती प्रदेशबाट ७० प्रतिशत, गण्डकी प्रदेशबाट ५० प्रतिशत, लुम्विनी प्रदेशबाट ७० प्रतिशत, कर्णाली र सुदुर प्रदेशबाट ९० प्रतिशत जिल्लानगरको मत आफूले प्राप्त गर्ने ७ वटै प्रदेशका जिल्लानगरका अध्यक्षसहितको बैठकले निष्कर्ष निकालेको छ । वस्तुगत र एसोसियटबाट ६५ प्रतिशत आफुले मत पाउँदा समग्रमा ७५ प्रतिशतको हारहारीमा मत पाउँदा सिङ्गो टिम नै निर्वाचित हुनेमा ढुक्क देखिन्छन् । 

पछिल्लो समय चन्द्र ढकाल समुहले निकै भरोसा गरेको गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका जिल्ला अध्यक्षहरु सेखर गोल्छा र किशोर प्रधानको समूहमा खुलेरै लागेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमा दुवै उम्मेद्वार उत्तिकै बलियो रहेपनि अनुभव, अभ्यास र महासंघमा योगदानका आधारमा किशोर कुमार प्रधानलाई नेतृत्व दिनुपर्नेमा अधिकांस जिल्लानगर अध्यक्षहरु एकमत छन् । महासंघमा आवद्ध सदस्यहरुको हित र सरकारसंग आफ्नो कुरा प्रष्ट राख्न सक्ने प्रधानलाई नेतृत्वमा ल्याउँदा व्यवसायीहरुको हितमा काम गर्न सजिलो हुने उनीहरुको भनाई छ । बर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष सेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारकालगायतका अधिकांस पूर्व अध्यक्षहरु पनि यसपाली किशोर प्रधानलाई मत दिनुपर्ने बताएका छन् पछिल्लो समिकरण हेर्दा किशोर प्रधान र उनको समुह निकै बोली देखिएको छ भने चन्द्र ढकाल समूह रक्षात्मक अवस्थामा छ । बन्दसत्रमा बिहीवार चन्द्र ढकालले आफनो समूहले हार्ने लक्षण देखेपछि सेखर गोल्छाको नेतृत्व क्षमता र १० बर्षे योजना माथि कडा टिप्पणी गरेका छन् । किशोर प्रधानले पूर्र्व अध्यक्षको सम्मान, अध्यक्ष सेखर गोल्छाको भिजन कार्यान्वयन गर्न सारथी बन्ने र गोल्छापछि आफू अध्यक्षमा आएपछि गोल्छाले सुरु गरेका कार्यक्रमसँगै अन्य भिजन पनि प्रस्तुत गर्ने बन्दसत्रमा बताए । जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ष्ठ, बस्तुगतमा अञ्जन श्रेष्ठ, एसोसियटमा सौरभ ज्योतिसहित जिल्लानगर, बस्तुगत र एसोसियटबाट उम्मेदवार भएका सबै उम्मेदवारले फराकिलो मतअन्तरले बिजयी हुनेमा गोल्छा समूह ढुक्क रहेको छ । मतदान शनिवार विहान ८ बजेबाट सुरु हुने छ । निर्वाचन समितिले पनि तयारी पूरा भएको जानकारी दिएको छ ।