काठमाण्डौ । गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एन्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरी नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ। यसका लागि दुवै कम्पनीले ५०–५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ। यस संयुक्त लगानीको पहिलो चरणअन्तर्गत अधिकारिक पुँजी लगानी लगभग ६० करोड रुपैयाँबराबर हुनेछ।
आरम्भिक उद्योग स्थापनामात्र नभई यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरु पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइनहरुको विविधीकरणको परिकल्पना पनि गरेको छ।
यसबारेमा बोल्दै गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर एवं चेयरम्यान शेखर गोल्छाले भने, ‘भारतकै सबैभन्दा ठुलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राको शुभारम्भ भएको छ। यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत योजना छ। यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा थपेको छ। हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौँ।’
यो साझेदारी क्षेत्रीय आर्थिक वृद्धिलाई बढावा दिन, आत्मनिर्भरता प्रवर्द्धन गर्न र लुब्रिकेन्ट उद्योगमा प्राविधिक विकासलाई अगाडि बढाउन समर्पित छ। ‘मेड इन नेपाल’को परिकल्पनालाई साकार पार्न र लुब्रिकेन्ट उद्योगमा प्रविधिको विकास गर्न यस ल्युब ब्लेन्डिङ प्लान्टको स्थापना महत्वपूर्ण कोशेढुंगा मानिएको छ। यतिमात्र नभई यो संयुक्त लगानी सम्झौताले दुवै साझेदारको दिगो विकास र जिम्मेवार व्यावसायिक अभ्यासहरुप्रति साझा प्रतिबद्धता जनाउँछ।
यो ऐतिहासिक सहकार्यले नेपालको विकास र समृद्धिलाई प्रोत्साहन गर्ने साझेदारीको नयाँ अध्यायको प्रेरणादायी सुरुआत गर्नेछ। गोल्छा समूह र इन्डियन आयलबीचको संयुक्त उद्यमले आगामी पुस्ताका लागि उज्यालो भविष्यका लागि मार्ग प्रदान गर्ने छ।
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago