काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको भैरवाहस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।
यो विमानस्थलमा यात्रु र सेवाग्राहीलाई चाहिने सम्पूर्ण सेवासुविधा राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्नेछ। यसका लागि बैंकले आजबाट ५ वटा काउन्टर पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ।
राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखाका प्रबन्धक हरिराम पराजुलीका अनुसार विमानस्थलभित्र डिपाचर, बोर्डिङ वेटिङ, एराइभल, कस्टम र कार्गो काउन्टर सञ्चालनमा ल्याइएको छ। ‘डिपाचार काउन्टरमा विदेशी मुद्राको सटहीको व्यवस्था गरिएको छ’, उनले भने, ‘बोर्डिङ वेटिङ काउन्टमा भ्याट रिफन्डसम्बन्धी सेवा प्रवाह गरिनेछ।
यसैगरी एराइभल काउन्टरमा विदेशी यात्रुले भिसा शुल्क तिर्न सक्नेछन्। यसका लागि यो काउन्टरमा एटीएम र पीओएसको सुविधा पनि रहेको छ। ‘विदेशी यात्रुले अनलाइन पेमेन्ट गर्न सक्छन्’, उनले भने, ‘यसका साथै यो काउन्टरबाट विदेशी मुद्राको सटहीको व्यवस्था पनि गरिएको छ।’
यसैगरी विमानस्थलभित्र बैंकले कस्टम काउन्टर पनि सञ्चालनमा ल्याएको छ। यो काउन्टरमार्फत यात्रुले विदेशबाट ल्याएका सामानहरुको भन्सार विमानले तोकेबमोजिमको भन्सार शुल्क तिर्न सक्नेछन्। उता कार्गो काउन्टरमार्फत पनि भन्सार महसुल संकलन गरिने बैंकले जनाएको छ।
शाखा प्रबन्धक पराजुलीका एक महिनाभित्रै विमानस्थलको कार्गो विभागसँगै बैंकको शाखा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ। ‘बैंकले विमानस्थलको डोमेस्टिकतर्फ एटीएम सञ्चालन ल्याइसकेको छ’, उनले भने।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेसन विभागकी विभागीय प्रमुख दुर्गाकुमारी कँडेल, सूचना प्रविधि विभागका बरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, शाखा कार्यालय भैरहवाका शाखा प्रबन्धक हरिराम पराजुलीलगायत कर्मचारीहरुको उपस्थिति थियो।
देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९९ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ।
6 minutes ago
15 minutes ago
32 minutes ago
42 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago