काठमाण्डौ। भारतीय धनाढ्य तथा अडाणी गुप्रका अध्यक्ष गौतम अडाणी पुनः एसियाका दोस्रो धनाढ्य व्यक्ति बनेका छन्। विश्वका धनाढ्यको सूचीमा भने अडाणी १४ औँ स्थानमा रहेका छन्। 

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार कम्पनीको सेयरमूल्यमा उछाल आएसँगै अडाणी पुनः एसियाको दोस्रो धनाढ्य व्यक्ति बन्न सफल भएका हुन्। 

एशियाको धनाढ्यको सूचीमा भारतका मुकेश अम्बानी पहिलो स्थानमा रहेका छन्। उनी विश्वको धनाढ्यको सूचीमा १२ औँ स्थानमा रहेका छन्। 

रिपोर्टका अनुसार एसियाका सबैभन्दा धनाढ्य व्यक्ति मुकेश अम्बानीको सम्पत्ति १०.४८ करोड रुपैयाँ र गौतम अडाणीको सम्पत्ति ८.३८४ रुपैयाँ रहेको छ। 

रिपोर्टका अनुसार अमेजनका सीईओ जेफ बेजोस विश्वको धनाढ्यको सूचीमा पहिलो स्थानमै यथावत रहेका छन्। उनको कुल सम्पत्ति २ सय अर्ब डलरभन्दा धेरै रहेको छ। यस्तै टेस्लाका मालिक एलन मस्क १९९ अर्ब डलरसँगै दोस्रो स्थानमा रहेका छन्। 

पैसा कमाउनमा अडाणी अगाडि

धनाढ्यको सूचीमा मुकेश अम्बानी गौतम अडानीभन्दा अघि रहे पनि पैसा कमाउने मामिलामा अडाणीले अम्बानीलाई पछि पारेका छन्। अडाणीले आफ्नो पुरानो स्थान हासिल गर्नुमा उनका कम्पनीहरुको सेयरमूल्यमा उछाल आउनु नै मुख्य कारण रहेको छ। 

अडाणीका ३ वटा कम्पनी अडाणी पावर, अडाणी ग्यास तथा अडाणी ट्रान्समिसनको सेयरमा पछिल्ला १० दिनमा तीव्र उछाल आएको छ। अडाणी ट्रान्समिसनको सेयर दैनिक ५ प्रतिशत वृद्धि भई सर्किटका साथ बन्द भइरहेका छन्। कम्पनीको सेयरमूल्य बुधबार पछिल्लो १ वर्षयताकै उच्च विन्दुमा पगेको छ। कम्पनीको सेयरमूल्य प्रतिकित्ता भारु १७३५ कायम भएको छ। यसअघि कम्पनीको उच्च विन्दु प्रतिकित्ता भारु १६८२ थियो। 

अडाणी पावरको सेयरमूल्य पनि ५ प्रतिशतले वृद्धि भई प्रतिकित्ता १०८ भारु कायम भएको छ। यस्तै अडाणी ग्यासको प्रतिकित्ता १४९० र अडाणी इन्टरप्राइजेजको मूल्य प्रतिकित्ता १५८८ रुपैयाँ पुगेको छ। यी सबै सेयरहरुको मूल्य जुन १४ बाट लगातार घटिरहेको थियो। यी कम्पनीहरुको सेयरमूल्य ४० देखि ५० प्रतिशतसम्म घटेको थियो र सबै कम्पनीको सेयरमूल्य प्रतिकित्ता भारु १ हजारभन्दा कममा आएको थियो। 

कोरोनाकालमा अडाणीको सम्पत्ति ८.२९ प्रतिशतले वृद्धि भएको छ। जब कि मुकेश अम्बानीको सम्पत्ति १.१५ गुणाले मात्रै वृद्धि भएको छ।    

के कारणले घटेको थियो सेयरमूल्य ?

जुन महिनामा अडाणी गुप्रका कम्पनीहरुमा ३ वटा विदेशी लगानीकर्ताहरुको लगानी फ्रिज भएको समाचार बाहिरिएको थियो। यही कारण अडाणी गुप्रका कम्पनीहरुको सेयरमूल्यमा गिरावट आउन थालेको थियो। यही कारण उनी विश्वको धनाढ्यको सूचीमा १४ औँ स्थानबाट झरेर १९ औँ स्थानमा पुगेका थिए। त्यतिबेला उनको सम्पत्ति ७.२३२ लाख करोड रुपैयाँ पुगेको थियो। कोरोनाका दौरान पैसा कमाउने मामिलामा अडाणी अघि रहेका छन्। 

यसअघि गत मे २०२१ मा अडाणी एसियाको दोस्रो धनाढ्य बनेका थिए। त्यतिबेला उनको सम्पत्ति ७.९७ लाख करोड रुपैयाँ रहेको थियो। 

मुकेश अम्बानीको सम्पत्ति भने ९.१६८ लाख करोड रुपैयाँ रहेको थियो। त्यतिबेला मेकेश अम्बानी विश्वको १३ औँ धनाढ्य व्यक्ति थिए। – एजेन्सी