काठमाण्डौ । माछापुच्छ्रे बैंकले रौतहटको चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका पछिल्ला समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
‘ग्राहकको गुनासो प्राप्त भएपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाता तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोबाइलमा गएको देखिएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुयाई उक्त कारोबार हुन नसक्ने देखिन्छ।’
यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरीमा अनुरोधसमेत गरिसकिएको बैंकले जनाएको छ।
‘ग्राहकको बैंक खातामा रहेको बचत पूर्ण रुपमा सुरक्षित रहेको जानकारी गराउँदै मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाहरुको प्रयोग गर्दा सावधानी अपनाउन हामी हाम्रा ग्राहक तथा सम्पूर्ण जनमानसमा यही प्रेस विज्ञप्तिमार्फत हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै माछापुच्छ्रे बैंक सरल र सुरक्षित तरिकाले ग्राहकलाई सेवा प्रदान गर्न कटिबद्ध रहेको कुरा अवगत गराउन चाहन्छौँ।’
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago